आम्दा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

आम्दा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात


सुत्केरी मृत्युको विषयलाई लिएर सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि मृतकका आफन्तहरुले हातपात गरेका छन् ।

मंगलबार (१२ मंसिर) दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पताल भर्ना गरिएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेको थियो । सो क्रममा मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि कुटपिट गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल ब्यवस्थापनले जनाएको छ ।

लुम्बिनी चिकित्सक संघका सचिव डा. सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफुहरुले उपचार रोकेर विरोध गर्ने उनको भनाइ छ ।

कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।