प्रधानमन्त्री प्रचण्ड युएई प्रस्थान

प्रधानमन्त्री प्रचण्ड युएई प्रस्थान


प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको बिदाइका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जङ्गी सेवाका वरिष्ठ अधिकारी, काठमाडौंस्थित युएईको राजदूतावासका उच्च अधिकारी उपस्थित थिए ।

प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित उडानबाट दुबइतर्फ प्रस्थान गरेका हुन् ।

यही मङ्सिर १४ गतेदेखि कोप-२८ दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्ड मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुने कार्यक्रम छ । मङ्सिर १६ गते उक्त सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तस्बिर : रासस