इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी

इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी


महिला प्यालेस्टिनी कैदीहरूलाई इजरायलले यौन दुर्व्यवहारको धम्की दिइएको दाबी गरिएको छ । इजरायलद्वारा रिहा गरिएका बन्दीहरुले जेलमुक्त भएपछि यस्तो दाबी गरेका हुन् ।

अल जजीराका अनुसार छैटौं कैदी बन्दी स्वैपमा रिहा भएका प्यालेस्टिनी कैदीहरमध्ये एक रुकाया आम्रोसँगको अन्तर्वार्ताको क्रममा यो खुलासा भएको हो।

अन्य पूर्व कैदीहरूले दाबी गरेजस्तै अहिले रिहा गरिएका कैदीहरूले पनि यौन दुर्व्यवहारको धम्कीको सामना गरेका थिए कि भनी सोधिएको प्रश्नमा जेलमुक्त भएकी अमरोले हो भन्ने जवाफ दिएकी छन् । ‘हो, तिनीहरूले हामीलाई बनावटी भिडियोहरू देखाउँथे, तर केटीहरूले हेर्न अस्वीकार गर्थे’, उनको भनाइ छ ।

उनले अगाडि भनेकी छन्, ‘इजरायली सेनाहरुले भनिरहेका हुन्थे ‘हेर हामी तिमीहरुलाई के गर्न गइरहेका छौं…’ यो त्यस्तो चीज हो जसको बारेमा म कुरा गर्न पनि सक्दिनँ ।’

यसैबीच इजरायलले बन्दीहरूको सुधारिएको सूचीअनुसार रिहा गर्न हमाससँग माग गरेको छ । अन्यथा पुनः लडाइँ सुरु हुने चेतावनी इजरायलले दिएको छ ।