जसपाको खोटाङ-काठमाडौं सम्पर्क समिति गठन

जसपाको खोटाङ-काठमाडौं सम्पर्क समिति गठन


जनता समाजवादी पार्टी (जसपा) नेपालको खोटाङ-काठमाडौं सम्पर्क समिति गठन भएको छ । ललितपुरको बालकुमारीमा शनिबार आयोजित भेलाले प्रीतिराज राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा किर्तीमान मगर, पिके बाङदेल, नविन राई सचिवमा चन्द्रश्याम राई सहसचिव सुरेश राई , हर्कमनी राई, शम्भु राना राई र कोषाध्यक्षमा पुष्पा राई चयन भएका छन् ।

पार्टीका राजनीतिक समिति सदस्य एवम् केन्द्रीय सम्पर्क समितिका सह इन्चार्ज देवराज राई प्रमुख अतिथि रहेको कार्यक्रममा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।