सुनको मूल्य नयाँ उचाइमा

सुनको मूल्य नयाँ उचाइमा


प्रतितोला रु. एक लाख २१ हजार ६ सय

नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु. आठ सयले बढेर प्रतितोला रु. एक लाख २१ हजार ६ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोल रु एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो ।

साथै चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय ४५ मा कायम भएको छ ।