५० हजार मेट्रिकटन धान खरिद गर्दै खाद्य

५० हजार मेट्रिकटन धान खरिद गर्दै खाद्य


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षका लागि ५० हजार २ सय मेट्रिकटन धान खरिद गर्न थालिसकेको छ । कम्पनीले किसानसित धानको न्यूनतम खरिद मूल्यमा सयममै धान खरिद गर्न थालेको जनाएको छ ।

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार यो वर्ष पश्चिम धनगढी र राजापुरबाट धान खरिद गर्न थालिएको हो । एक सातादेखि किसानसित धमाधम धान खरिद गरिरहेको प्रवक्ता सुवेदीले बताइन् । उनका अनुसार धनगढीमा १ हजार २ सय ४ टन, राजापुरमा १ हजार ४२ टन, महेन्द्रनगरमा २ सय ९ र नेपालगन्जमा ९० टन धान खरिद भइसकेको छ ।

गत वर्ष ४१ करोड १९ लाख रुपैयाँको १३ हजार ४ सय मेट्रिक टन धान खरिद गरेको कम्पनीले यो वर्ष १ अर्ब ७४ करोड रुपैयाँको खरिद गर्ने लक्ष्य लिएको सुवेदीले घटना र विचारलाई बताइन् ।