वीरगञ्जमा ६४ लाखको सामानसहित ट्रक नियन्त्रणमा

वीरगञ्जमा ६४ लाखको सामानसहित ट्रक नियन्त्रणमा


पर्साको वीरगञ्ज प्रहरीले राजश्व तिरेभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बिलविजकभन्दा बढी खुद्रा सामान बोकेको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका-१४, गण्डकचोकमा प्रदेश ३–०१–००५ ख ९८५१ नम्बरको मालवाहक ट्रक ६४ लाख ६५ हजार ९ सय २१ रुपैयाँबराबरको खुद्रा सामानसहित ट्रक नियन्त्रणमा लिएको राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको पर्सा प्रहरीका डिएसपी कुमारविक्रम थापाले बताए ।