रुसमा मानवतस्करी : १२ जना पक्राउ, अन्यको खोजीमा प्रहरी

रुसमा मानवतस्करी : १२ जना पक्राउ, अन्यको खोजीमा प्रहरी


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपालबाट म्यानमारमा पशुजन्य मानव बेचबिखनले भयावह रूप लिइरहेको समयमा रुसमा नेपाली युवाको तस्करी गरेर लाखौँ कमाएका मानवतस्करमध्ये १२ जना पक्राउ परेका छन् ।

युक्रेन–रुस युद्धमा रुसको सेनातर्फबाट खटिएका ६ जना नेपाली युवाको मृत्युपछि नेपाल प्रहरीले केही चासो देखाएको छ । यसअघि नै प्रहरीले यस्तो चासो देखाएको भए ती ६ जना नेपाली युवा अल्पायुमै जीवन गुमाउनुपर्ने अवस्थामा सम्भवतः पुग्ने थिएनन् ।

नेपाली युवाहरुलाई अवैध रुपमा रुसी सेनामा भर्तीका लागि पठाएका दलाललाई प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार कर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पक्राउ परेका छन् । यस्तै, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारीलाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरीका प्रवक्ता कुमोध ढुंगेलले घटना र विचारलाई बताए । उनले अन्य मानव तस्करको खोजी भइरहेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले ६ जना नेपालीको मृत्युको पुष्टिपछि सोमबार नै एक विज्ञप्ति प्रकाशित गर्दै रुसी सेनामा भर्ना भएका ६ जना नेपाली युवा मारिएका र, त्यहाँ कार्यरत अन्य नेपाली भए तत्काल नेपाल पठाउन कूटनीतिक नोट पठाइएको जनाएको छ । र, सरकारले तोकेभन्दा बाहिरका देशमा नेपाली नागरिक नजान आग्रह पनि गरेको छ ।