नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को नेतृत्व लिन चार ब्यक्तिहरू प्रतिस्पर्धामा उत्रिने सम्भावना देखिएको छ । प्राप्त जानकारीअनुसार त्यसरी प्रतिष्पर्धाका लागि तयारी गर्नेहरूमा परितोष पौडेल, दामोदर अधिकारी, चन्द्र ढकाल र डीबी बस्नेत रहेका छन् । उल्लिखित चार प्रतिद्वन्द्वीमध्ये बस्नेत निवर्तमान अध्यक्ष हुन् ।
आगामी पौष ७ र ८ गते काठमाडौंमा हुने साधारणसभाबाट नयाँ कार्यसमिति चयन हुनेछ । उल्लिखित चारमध्ये ढकाल मात्र काङ्ग्रेसनिकट मानिन्छन्, बाँकी तीनैजना एमालेसमर्थित हुन् । चार प्रतिष्पर्धीमध्येबाट सहमतिका आधारमा कसैलाई अध्यक्ष बनाउन पनि प्रयास भइरहेको छ । सहमति या निर्वाचन जे भएपनि परितोष पौडेलले मौका पाउने सम्भावना बढी रहेको बुझिएको छ ।
त्यसैगरी, पौषको २७ र २८ गते राष्ट्रिय सहकारी महासङ्घको एकतिसौँ साधारणसभा हुने भएको छ । सहकारी महासङ्घमा एमाले एक्लैको साठी प्रतिशत पकड रहेको विश्वास गरिन्छ । महासङ्घमा हाल मीनराज कँडेलले नेतृत्व लिइरहेका छन् र, अर्को एक कार्यकालको निम्ति मीनराजलाई नै निरन्तरता दिइने सम्भावना रहेको छ । तर ॐ देवी श्रेष्ठले पनि महासङ्घको अध्यक्ष बन्ने रहर गरिरहेकी छिन् ।
प्रतिक्रिया