आजको पञ्चाङ्ग एवम् राशिफल (२० मङ्सिर २०८० बुधबार, ६ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० मङ्सिर २०८० बुधबार, ६ डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री शाके १९४५ ने.सं. ११४४ हेमन्तऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर २० गते इ.सं. २०२३ दिसेम्बर ६ तारिख बुधबार मार्गशीर्ष कृष्ण पक्षको नवमी तिथि उत्तरा फाल्गुनी नक्षत्र प्रीति योग तैतिल करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा सिंह राशिमा ९ः४३ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४२ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ ।

आजको राशिफल

मेष – रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने समय छ । तथापि, दोधारको अवस्था सिर्जना हुनसक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । आत्मीयजनसँग भेटघाट होला । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सामान्य सताउन सक्छ । प्रेमभाव बढ्नेछ । यात्रा सफल रहनेछ । मान वृद्धिको योग छ ।

बृष – आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, तसर्थ बोली र व्यवहारमा नियन्त्रण राख्नु हितकर होला । प्रयोग गर्दै आएको भौतिक साधनमा खराबी आउन सक्ने योग छ । यसका बाबजुद नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुने समय छ । मित्रजनको साथ-सहयोग प्राप्त हुनेछ ।

मिथुन – समय शुभदायी छ । नयाँ कामको प्रस्ताव आउनेछ भने विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिने समय छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले नसोचेको अवसर दिलाउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । मान महत्व बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट – पहिलेको सफलताले थप हौसला जगाउने दिन छ । रचनात्मक काम सुरु होला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ भने कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला । आफ्नै बल विवेकले काम बन्नेछ ।

सिंह – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने योग छ । आजको दिन खर्चको मात्रा भने बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । रसरागमा आकर्षण रहला । नयाँ काममा सफलता मिल्नेछ ।

कन्या – जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामसम्पादन हुनेछ । पहिलेका कमी–जोरीलाई सुधार्ने मौका मिल्ला । हासविलास, खेलकुद र भ्रमणप्रति आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – व्यस्तता बढ्नेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । अनुकूलता वृद्धि हुनेछ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । तथापि, परिवारमा असमझदारी बढ्न सक्छ । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु – समय अलिक चुनौतीपूर्ण छ । चोरी वा ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनु हितकर होला । प्रतिकुलताका बाबजुद सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । रसरागमाआकर्षण बढ्नेछ ।

मकर – प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउने समय छ । आर्थिक पक्ष सुदृढ होला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त होला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ – मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले पनि राम्रै साथ दिनेछन् र काममा सफलता मिल्नेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । सन्तानसुख बढ्नेछ ।

मीन – समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइने दिन छ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । आजको दिन बोलीको प्रभाव भने बढ्नेछ । बिग्रन लागेको काम बोली र व्यवहारबाटै नियन्त्रणमा राख्न सकिनेछ । आज कतै यात्रा हुन सक्छ, तर अनावश्यक यात्रालाई टार्नु नै बेस होला । मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्तिको योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । भय र भ्रम हट्नेछ छ ।