बीमा कम्पनी गाउँ-गाउँ पुग्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनी गाउँ-गाउँ पुग्न अध्यक्ष सिलवालको निर्देशन


बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले वीमा कम्पनीहरू शहरकेन्द्रीतमात्र नभएर गाउँ-गाउँ पुग्न निर्देशन दिएका छन् । उनले गाउँ-गाउँ पुगेर नागरिकको विश्वास बढ्नेगरी व्यवसाय गर्न निर्देशन दिएका हुन् ।

रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरुसँग समसामयिक विषयमा गरिएको अन्तरकृयामा प्राधिकरण अध्यक्षले यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले स्थानीय तहसँग नियमित रुपमा सम्पर्कमा रहेर काम गर्न, कानुन, नियम र निर्देशिकाहरुले निषेध गरेका काम नगर्न निर्देशन दिए । उनले ग्रामीण क्षेत्रका बासिन्दाका घरघरमा गएर बीमा सेवा दिन, डिजिटल माध्यमबाट व्यवसाय गर्न र स्थानीय आवश्यकताका आधारमा लघु बीमालेख ल्याउन लघु बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा सहभागीहरुले बीमासम्बन्धी जानकारीमूलक कार्यक्रमहरू वडा–वडासम्म गर्नु पर्ने, बिद्यालयका पाठ्यक्रममा बीमा विषयलाई समेत समावेस गर्नु पर्ने र कृषि प्राविधिकको पर्याप्त व्यवस्था गर्नु पर्ने धारणा राखेका थिए ।