इजरायलद्वारा गाजामा ४७ खेलाडीको हत्या गरिएको प्यालेस्टिनी ओलम्पिक कमिटीको आरोप

इजरायलद्वारा गाजामा ४७ खेलाडीको हत्या गरिएको प्यालेस्टिनी ओलम्पिक कमिटीको आरोप


प्यालेस्टिनी ओलम्पिक कमिटीले इजरायली सेनाले युद्धका क्रममा ४७ खेलाडीको हत्या गरेको जनाएको छ ।

प्यालेस्टिनी ओलम्पिक कमिटीले इजरायलले गाजामा खेलाडीसहित ६४ अन्य खेलसँग सम्बन्धित कर्मचारीको हत्या गरेको आरोप लगाएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।

समितिले एक विज्ञप्तिमा भनेको छ, ‘इजरायली विनाश मेसिनले युद्धको क्रममा ४७ खेलाडी र १७ प्राविधिक र प्रशासकहरूलाई मारेको छ ।’

वाफाका अनुसार मृत्यु हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने सपना देखेकी ६ वर्षीया कराते खेलाडी यास्मिन सराफ पनि रहेकी छन् ।

इजरायली बमबारीले संयुक्त राष्ट्र विकास कार्यक्रम युएनडिपी स्टेडियम, बेइट हानुन स्टेडियम, तीन इक्वेस्ट्रियन क्लब, एक बेसबल मैदान, र धेरै मार्शल आर्ट केन्द्रहरूसहित धेरै खेल सुविधास्थलमाथि प्रहार गरिएको जनाइएको छ।