आजको पञ्चाङ्ग एवम् राशिफल (२५ मङ्सिर २०८० सोमबार, ११ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ मङ्सिर २०८० सोमबार, ११ डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री दक्षिणायन श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर २५ गते इ.सं. २०२३ दिसेम्बर ११ तारिख सोमबार मार्गशीर्ष कृष्ण पक्षको चतुर्दशी तिथि विशाखा नक्षत्र सुकर्म योग भद्रा करण आनन्दादिमा मित्र योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४५ मा भयो र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । बालाचतुर्दशी, शतबीज छर्ने ।

आजको राशिफल

मेष – दौडधुप बढेपनि नयाँ काम र जिम्मेवारी हात पर्ने दिन छ । रोकिएका कामसमेत सम्पादन हुनेछन् भने सामाजिक उत्तरदायित्व वहन गर्ने मौका मिल्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी हुने तथा प्रतिष्ठा बढ्ने योग छ । साथीभाइको साथ प्राप्त हुनेछ । यात्रा सफल रहला ।

वृष – राम्रै फाइदाको योग छ । आजको दिन सहयोगीहरूले काममा साथ दिनेछन् भने प्रशंसकहरू बढ्नेछन् । विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । दाम्पत्यसुख बढ्नेछ । रसरागको भावना वृद्धि हुनेछ । सुख शान्ति समृद्धि हासिल गर्नुहुनेछ । आफन्तको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गर्ने मौका मिल्ला । काममा मातापिताको सहयोग प्राप्त होला । दिन उत्साहपूर्ण रहनेछ । सुखद समाचार सुन्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट – समय अलिक चुनौतीयुक्त छ । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्ने योग छ । स्वास्थ्य पनि सामान्य कमजोर रहला, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद मनमा प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – व्यस्तता बढ्नेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग रहेकोले सचेत रहनु हितकर हुनेछ । आजको दिन विवादबाट बच्न विशेष प्रयास गर्नुहोला । सवारी साधनको प्रयोगमा अलिक सावधानी अपनाउनुपर्ला । रसरागमा आकर्षण बढ्नेछ । यशवर्चश्व कायम रहला ।

कन्या – पठनपाठनमा प्रगति हुने र रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका मिल्ने योग छ । आजको दिन आर्थिक अभावले भने अलिक सताउन सक्छ । कृषिकर्मबाट लाभ मिल्नेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ । काममा उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – भाग्योन्नतिको समय छ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । आर्थिक उपार्जनमा सुधार आउनेछ । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने संयोग जुर्ला । सहयोगीहरूले साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – दिन मनोरञ्जनपूर्ण रहला । व्यावसायिक यात्राको सम्भावना पनि छ । आम्दानी राम्रै बढ्नेछ । प्रेमको बन्धन कसिने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । मान-सम्मान बढ्नेछ । बाध्यताका काममा जुट्नुपर्ने योग पनि देखिन्छ । आरोग्यबल बढ्नेछ । समयले साथ दिनेछ ।

धनु – काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने समय छ । बोलीको भरमा काम सम्पादन होला । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । मान-सम्मान बढ्ला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । लगानी बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रा सफल रहला ।

मकर – कर्मबल बढ्नेछ, तर धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । धनमाल चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । तपाईंको विचारले धेरैलाई आकर्षण गर्नेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – कर्मबल बढ्नेछ र पनि उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । सामाजिक कामको दायित्व बढ्नेछ । कर्मफल र अधिकारका लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्ला । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मीन – भाग्यबल बढ्नेछ । आँटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ, अधुरा काम बन्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख प्राप्त होला । प्रेमभाव बढ्नेछ । भोगविलासमा आकर्षण हुनेछ ।