सानिमा बैंकद्वारा गरिव/जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

सानिमा बैंकद्वारा गरिव/जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति



सानिमा बैंकले काठमाडौं उपत्यकाबाहिर रहेका प्रत्येक शाखाबाट ११ र १२ का लागि दुई/दुई जना विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आएको छ । बैंकले गत वर्ष काठमाडौं उपत्यकाबाहिरका हरेक शाखाहरूबाट दुई जना विद्यार्थीलाई शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामाग्रीका अतिरिक्त मासिक दुई हजार नगद वृत्ति प्रदान गरेको थियो ।

सोही छात्रवृत्तिलाई निरन्तरता दिँदै सो बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यकाबाहिरका सानिमा बैंकको शाखा रहेका स्थानीय निकायका स्थायी बासिन्दाहरूमध्येबाट २०७९ सालमा सञ्चालित एस.ई.ई. परीक्षामा न्युनतम ‘बी ग्रेड’ प्राप्त गरी उत्तीर्ण गर्ने गरिव तथा विपन्न परिवारका विद्यार्थीहरू मध्येबाट आवेदन दिन सूचना प्रकाशित गरीएको थियो ।

विगतका वर्षजस्तै यस वर्ष पनि सानिमा बैंक लिमिटेडले सर्लाही जिल्लामा रहेको लालबन्दी शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखाबाट दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च माध्यमिक शिक्षाको छात्रवृत्ति प्रदान गर्न लागेको छ । यसका लागि आवेदक विद्यार्थीमध्येबाट सबैभन्दा विपन्न तथा जेहेन्दार विद्यार्थी छनौट प्रक्रियाअन्तर्गत पर्न आएका दुई निवेदकमध्ये अन्तिम छनोटमा परेका दुई जना संगीता पाख्रिन (लालबन्दी-१६, सर्लाही) र निशाकुमारी साह (लालबन्दी-७, सर्लाही)लाई प्रदान गरिने निर्णय भएको सानिमा बैंकको लालबन्दी शाखाप्रमुख प्रितम त्रिपाठीले जानकारी दिएका छन् ।