आजको पञ्चाङ्ग एवम् राशिफल (१ पुष २०८० आइतबार, १७ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ पुष २०८० आइतबार, १७ डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष १ गते तद्अनुसार सन् २०२३ डिसेम्बर १७ तारिख आइतबार मार्गशीर्ष शुक्ल पक्षको पञ्चमी तिथि श्रवण नक्षत्र ८ः७ पर धनिष्ठा नक्षत्र व्याघात् पर हर्षण योग बब करण आनन्दादिमा गद योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४९ मा भयो र सूर्यास्त सांझ १७ः१० बजे हुनेछ । पौष संक्रान्ति, विवाहपञ्चमी, जनकपुरमा सीता विवाहपञ्चमी मेला, षडानन्द जयन्ती ।

आजको राशिफल

मेष – रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि बढ्ला । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्ने योग छ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ तर पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्, सचेत रहनुहोला । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ ।

वृष – इर्ष्या गर्नेहरुले फसाउन सक्छन्, चनाखो रहनु हितकर हुनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्ने समय छ । आश्वासन दिनेले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइने योग छ । सवल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – दौडधुप बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् तर आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । विवादले मन खिन्न तुल्याउन सक्छ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । पराक्रम वृद्धि भइ शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ भने प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुने समय छ । व्यावहारिक झमेला आइलाग्न सक्छन्, तर आँट गर्दा जटिल कामसमेत सम्पादन हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइने समय छ । इच्छाशक्ति बढ्ला । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । प्रेम र मित्रताको बन्धन कसिलो होला । केही खर्च बढ्ला तर रमाइलो यात्राको अवसर जुट्न सक्छ । मित्रजनको सहयोग रहनेछ ।

कन्या – प्रतिकुलता वृद्धि हुन सक्ने समय भएकोले सावधानी अपनाएर व्यवहार गर्नु हितकर हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा खिन्नता बढ्न सक्छ, तथापि सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रा सफल रहला ।

तुला – व्यस्तता बढ्नेछ । सन्तानबाट सुख र लाभ मिल्ने समय छ । आजको दिन कम बोलेर व्यवहार निप्ट्याउने प्रयास गर्नु हितकर होला । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्, बोली-व्यवहारमा सजग रहनुहोला । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिने योग छ । मानसम्मानमा चोट पुग्न सक्छ, सावधान रहनुहोला । विलासी काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – समय उत्साहवर्द्धक छ । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । खर्च भने केही वृद्धि होला । पराक्रम र मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । सुख वृद्धि हुनेछ । आरोग्यता रहला ।

धनु – दिन शुभदायी नै छ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नु हितकर होला । सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – कर्मबल बढ्नेछ । मेहनत गर्दा पढाइलेखाइमा प्रगति हुने समय छ । खर्च लागे पनि कामको प्रयत्न सफल होला । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ, सावधान रहनुहोला । खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । साझेदारीमा सम्बन्ध बिग्रनाले अप्ठ्यारोमा परिने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । विशिष्ट जनसँग मित्रता बढ्न सक्छतर नजिकका आफन्त टाढिन सक्छन् । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिने समय छ । सामर्थ्य वृद्धि हुनेछ ।

मीन – आय र अनुकुलता बढ्ने समय छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । आफन्तको साथ भने कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।