आजको पञ्चाङ्ग एवम् राशिफल (२ पुष २०८० सोमबार, १८ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ पुष २०८० सोमबार, १८ डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष २ गते इ.सं. २०२३ दिसेम्बर १८ तारिख सोमबार मार्गशीर्ष शुक्ल पक्षको षष्ठी तिथि शतभिषा नक्षत्र वज्र योग कौलव करण पर गर करण आनन्दादिमा अमृत योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५० मा र सूर्यास्त साँझ १७ः१० मा हुनेछ ।

आजको राशिफल

मेष – भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन्, टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । विगतको लगानीको प्रतिफल मिल्ने योग छ । स्वास्थ्यमा कमजोरी देखिए पनि अध्ययनमा ध्यान केन्द्रित होला । आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आशा उत्साह बढ्नेछ ।

वृष – आजको दिन शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, व्यक्तिगत गोपनीयतामा ध्यान दिनुहोला । आम्दानीको तुलनामा खर्च अलिक बढी हुनाले आर्थिक समस्या देखापर्न सक्छ । काममा ढिलासुस्ती हुने योग छ । चोटपटकको सम्भावना रहेकोले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा विशेष सचेत रहनु हितकर होला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । कर्मबल बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

मिथुन – नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नु हितकर होला । बलजफ्ती गर्दा काम बिग्रन सक्छ, सावधान रहनुहोला । सुख शान्ति प्राप्त हुनेछ । प्रयत्न गर्दा मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट – दौडधुपका साथै जोखिम बढ्नेछ । प्रतिस्पर्धी परास्त हुने र भौतिक साधन जुटाउन सकिने समय छ । पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने र प्रेम तथा मित्रताको बन्धन कसिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ । मिठो भोजन प्राप्त होला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइने योग छ । नयाँ व्यापार-व्यवसाय विस्तार होला । आध्यात्मिक कार्यमा खर्च गरिनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउला । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहला । रसरागमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्ने र नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या – चाहँदाचाहँदै पनि समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने योग पनिछ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सावधान रहनुहोला । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । तथापि, तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढेपनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । आरोग्यता बढ्नेछ । सुख शान्ति सौभाग्य वृद्धि हुनेछ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – व्यस्तता बढ्नेछ । मानसम्मान र आम्दानी बढ्ने समय छ । ब्यापारबाट सोचेभन्दा बढी लाभ होला । नयाँ कार्ययोजना बन्ने र नयाँ कामको सुरुवात समेत हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । आरोग्यबल बढ्नेछ । रसरागमा रुचि रहला । समयले साथ दिनेछ ।

धनु – पराक्रम वृद्धि हुनेछ । बुद्धिको उपयोगले विशेष सफलता मिल्ला । विशेष उपहार हातलागी हुने समय छ । वैदेशिक व्यापार सन्तोषजनक रहने छ । खर्च बढ्ने र कामकाजमा अवरोध हुने योग छ । हिम्मतले काम लिने प्रयत्न गर्नुहोला । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मकर – मन मिल्ने साथीभाइ अलिक टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउने योग रहेकोले संयमतापूर्ण व्यवहार गर्नु हितकर होला । महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । पढाइमा रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिने एवम् विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिएला । वादविवाद र झैझगडाबाट आजको दिन टाढै बस्नु बुद्धिमानी हुनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – प्रतिभा प्रदर्शन गरेर धेरैलाई प्रभावित तुल्याउन सकिनेछ । बुद्धिको उपयोगले विरोधिपक्षबाट जोगिन सकिने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । अस्थायी पेसाबाट राम्रै फाइदा हुने देखिन्छ । इनाम र प्रतिष्ठा कमाउने मौका जुर्न सक्छ । मित्रता र प्रेमको बन्धन कसिएला । खेलकुद, भ्रमणमा आकर्षण बढ्नेछ । भय भ्रम हट्नेछ ।