राजा ज्ञानेन्द्र पश्चिम नेपालको भ्रमणमा जाँदै

राजा ज्ञानेन्द्र पश्चिम नेपालको भ्रमणमा जाँदै


राजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जानुहुनेभएको छ ।

राजाका संवाद सचिव डा. फणिराज पाठकका अनुसार नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि राजा ज्ञानेन्द्र आगामी साता भैरहवा जान लाग्नुभएको हो ।

राजासँगै रानी कोमल राज्यलक्ष्मी देवी शाह पनि साथै जानुहुने संवादसचिव पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।