प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई क्रिमसन हस्पिटलको सेवा-सुविधामा छुट

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई क्रिमसन हस्पिटलको सेवा-सुविधामा छुट


प्रभु क्यापिटल लिमिटेडले क्रिमसन हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकको लागि २ वर्षका लागि विशेष छुट सम्झौता गरेको छ । दुवै पक्षबीच यही पुष १ गते सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा क्यापिटलको तर्फबाट सञ्चालन प्रमुख वसन्ता उपाध्याय तथा क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम प्रभु क्यापिटलका हितग्राही खातावालाहरूले तिलोत्तमा न.पा. मणिग्राम, रुपन्देहीको क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिँदा हस्पिटलले दिँदै आएको सबै प्रकारको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । प्रभु क्यापिटलका हितग्राहीले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो परिचयपत्र देखाइ अस्पतालबाट पाउने प्रिभिलेज कार्डमार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाबाट पनि उपलब्ध रहेको जनाइएको छ ।

तिलोत्तमा न.पा. मणिग्राम-५, रुपन्देहीमा अवस्थित क्रिमसन हस्पिटल आधुनिक प्रविधियुक्त, विभिन्न सेवासुविधाहरूसहितको उत्कृष्ट मध्येको हस्पिटल हो, जसमा शीर्ष डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आइरहेका छन् । हस्पिटलले २४सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी-स्क्यान, डिजिटल एक्स-रे, फिजियोथेरापी, डायलासिस लगायतका विभिन्न चिकित्सा सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र केबिन जस्ता थप सुविधाहरू पनि उपलब्ध गराएको छ ।