साउदी अरब पठाउने बहानामा ठगी, म्यानपावर सञ्चालक पक्राउ

साउदी अरब पठाउने बहानामा ठगी, म्यानपावर सञ्चालक पक्राउ


वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने बहानामा ठगी गरेको आरोपमा म्यानपावर कम्पनीका सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक वर्ष ४२ को लक्ष्मण विश्वासहित दुई जना रहेका छन् ।

नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका ९ घर भइ हाल काठमाडौं बस्ने लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफी मल्ललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंसीर २२ गते काठमाडौंबाट पक्राउ गरेको हो।

उनीहरुविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।