आजको पञ्चाङ्ग एवम् राशिफल (४ पुष २०८० बुधबार, २० डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ पुष २०८० बुधबार, २० डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री शाके १९४५ ने.सं. ११४४ हेमन्तऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष ४ गते इ.सं. २०२३ दिसेम्बर २० तारिख बुधबार मार्गशीर्ष शुक्ल पश्री दक्षिणायनक्षको अष्टमी तिथि उत्तराभाद्रपद नक्षत्र व्यतिपात योग बालव करणआनन्दादिमा लुम्ब योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मा र सूर्यास्त साँझ १७ः११ मा हुनेछ । बुधाष्टमीव्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – दिन शुभदायी छ । नसोचेको काम बन्ने र अनौठो समाचार सुन्न पाइने समय छ । अर्थलाभका अवसर आउने छन् । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । सोचेभन्दा बढी नै लाभ होला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । सामान्य खर्च बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण रहला । आफन्तसुख प्राप्त हुनेछ । पराक्रम बढ्नेछ ।

वृष – यात्रागत कार्यबाट विशेष लाभ हुने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी एवम् मातृसल्लाहमा गरिएको काममा विशेष सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । आयबल बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन – कर्मबल बढ्नेछ तर आर्थिक संकट पर्ने र कतै लेनदेनमा विवादसमेत हुन सक्ने समय छ । घरायसी समस्या पनि आउला । पढाइलेखाइमा ध्यान दिन नसकिएला । मित्र बनेर धोकादिनेहरु सक्रिय होलान् । कामको लागि यात्रा गर्दै हुनुहन्छ भने सफलता मिल्ने योग छ ।

कर्कट – गलत विचारहरुले काममा बाधा सिर्जना गर्न सक्छ । समयको बचत कम हुने दिन छ । राजनीतिमा हुनेलाई मान सम्मान मिल्ने योग छ । अरुको मन जित्न सकिने छ, । धनलाभ होला । केही मात्रामा घरेलु समस्यामा अल्झनुपर्ने समय छ । आफ्नै बलविवेकले काम बन्नेछ ।

सिंह – प्रेमको बन्धनमा बाँधिने तथा दाम्पत्य सम्बन्ध सुखद रहने दिन छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि होला । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु हुन सक्छ । सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख वृद्धि हुनेछ । विजयश्री प्राप्त होला ।

कन्या – परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने समय छ । मनोरञ्जनमा भुलिएला । धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् । पढाइमा पाउने सफलता निरन्तर रहने छ । दाम्पत्यसुख बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – लेनदेनको समस्याले सताउनेछ भने शत्रु पनि बढ्ने छन् । ब्यापारमा समेत केही घाटा ब्यहोर्नुपर्ला । सानातिना घरायसी काममा समय खर्च हुने । आजको दिन यात्रामा विशेष सावधान रहनुहोला । कम बोलेर काम निकाल्ने प्रयत्न गर्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ ।

वृश्चिक – आरोग्यबल र प्रेमभाव बढ्नेछ । शुभ समाचार प्राप्त होला । समयले साथ दिनेछ । तपाईंको कुरा काट्नेहरू प्रशंसक बन्नेछन् । नोकरीमा सन्तुष्टि मिल्ला । लेनदेनमा समस्या आउन सक्ने योग छ । समग्रमा मन हर्षित हुने दिन छ ।

धनु – व्यस्तता वृद्धि हुनेछ । लामो समयदेखि रोकिएका कामहरू बन्ने दिन छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइएला । मनमा हौसला बढ्नेछ र अधुरा काम बन्नेछ । मन हर्षित भएर आउला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

मकर – दाम्पत्यसुख एवम् प्रेमसम्बन्धमा सुमधुरता आउने समय छ । स्वास्थ्यस्थितिमा पनि सुधार आउनेछ भने आयआर्जनको स्रोत फेला पर्ला । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । कृषिजन्य व्यवसायबाट भने सोचेजस्तो लाभ लिन सकिंँदैन । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग मिल्नेछ । पराक्रम बढ्नेछ ।

कुम्भ – समय राम्रो चलिरहेको भएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउन सक्ने योग छ, सावधान रहनु हितकर होला । काममा अवरोध आउनाले धननाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा विशेष ध्यान राख्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । सन्तानसुख बढ्नेछ ।

मीन – अधुरा कामहरु बन्ने तथा अरुको विश्वास आफूतिर रहने, आफन्तजनको उचित सहयोग मिल्ने समय छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस होला । प्रेमसम्बन्ध सुमधुर रहनेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ भन नयाँ कामको थालनी हुने योग छ । आरोग्यता रहला । मनोकूलको काम बन्नेछ । शत्रु माथि विजय प्राप्त हुनेछ ।