आजको पञ्चाङ्ग एवम् राशिफल (५ पुष २०८० बिहीबार, २१ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ पुष २०८० बिहीबार, २१ डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष ५ गते तद्अनुसार सन् २०२३ दिसेम्बर २१ तारीख बिहीबार मार्गशीर्ष शुक्ल पक्षको नवमी तिथि रेवती नक्षत्र वरियान योग तैतिल करण आनन्दादिमा मित्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मा र सूर्यास्त सांझ १७ः११ बजे हुनेछ । धनगढी दुर्गाजाँत, डोटी पोखरीमा जाँत, पाङ्गा वैष्णवीदेवी यात्रा ।

आजको राशिफल

मेष – आयआर्जनको दृष्टिले आजको दिन राम्रो छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको सही सल्लाह आउने देखिन्छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको सम्भावना पनि रहेको छ । आफन्तमिलनले सुख दिनेछ । मन हर्षित रहला । रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – आजको दिन हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा बित्नेछ । रमणीय तथा सुखद यात्राको योग छ । धनलाभ होला, विशेषतः कृषिको कामबाट राम्रो लाभ होला । कामहरू सजिलै बन्नेछन् । आय बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान होला । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – कर्मबल बढ्नेछ तर स्वास्थ्यगत समस्या सिर्जना हुने र मनमा पीडा हुने समय छ, धैर्यताका साथ व्यवहार गर्नुहोला । धनमाल हराउन सक्छ । अरूको भर पर्दा काममा धोका हुने योग छ । लामोे यात्रा गर्दै हुनुहन्छ भने आजको लागि स्थगन गर्नु हितकर हुनेछ । स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला । व्यर्थको खर्चबाट बच्न कोशिस गर्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ, तर आजको दिन रुपैयापैसाको लेनदेन खासै राम्रो नहोला । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । आरोग्यता र सामर्थ्यता भने बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – दौडधुप बढ्नेछ । आजको दिन ज्यादाजसो घरायसी काममा बित्ने देखिन्छ । स–साना काम बन्नाले सुखको अनुभव होला । पठनपाठनमा मन जानेछ भने कमाइ पनि सोचेअनुरुप नै हुने देखिन्छ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । धन आर्जनका नयाँ बाटा खुल्ने योग छ । मित्रजनको साथ मिल्नेछ ।

कन्या – आजको दिन काममा जोश र जाँगर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला । कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हेला । राम्रो समय चलेकोले कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । दामपत्यसुख बढ्नेछ । समस्याको समाधान मिल्नेछ भने कार्यगति बढ्नेछ । यात्रा सफल रहला ।

तुला – अनावश्यक डर, वादविवादको सम्भावना रहेकोले समय खासै राम्रो छैन, सावधान रहनुहोला । कसैसँग विवाद वा झगडा पनि हुन सक्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलाबाट बच्न विशेष प्रयत्न गर्नुहोला । आरोग्यता भने रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद विलासी काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – सामाजिक काममा नाम रहने समय छ । ब्यापार तथा जागीरमा दिन ठिकै रहला । नयाँ कामको सुरुवात भने खासै राम्रो छैन । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनुपर्ने योग छ । मनमा दुविधा रहला । प्रेमभाव बढ्नेछ । परिवारिक सुख मिल्नेछ । सुख सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – व्यस्तता बढ्नेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने समय छ । आजको दिन खुसीको खबर सुन्न पाइएला । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुनेछ भने यात्राको योग पनि रहेको छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – अप्रत्याशित लाभ हुने समय छ । अल्झेका कामहरु अरुको सहयोगमा बन्नेछन् । टाढाको यात्राको पनि योग रहेको छ । परिश्रमअनुसार आज उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मन शान्त रहनेछ । पराक्रम बढ्नेछ । परिवारिक सुख बढ्नेछ । मित्रजन र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

कुम्भ – व्यर्थको खर्च हुने समय रहेकोले खर्च घटाउने प्रयास गर्नुहोला । स्वास्थ्यको लागि खानामा विशेष सावधान रहनुहोला । परिवारमा समस्या आउन सक्छ । समय राम्रो भएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सजक रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – आजको दिन आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा–मामिलामा विजयी भइएला । आज धनलाभको योग छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काममा ढिलै भए पनि सफलता मिल्नेछ । दिन खुशी साथ बित्ने छ । आरोग्यता बढ्नेछ । सभासमारोहमा सम्मानित हुनुहुनेछ । आफन्तको साथ भने कमै मिल्नेछ ।