आजको पञ्चाङ्ग एवम् राशिफल (८ पुष २०८० आइतबार, २४ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ पुष २०८० आइतबार, २४ डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष ८ गते इ.सं. २०२३ दिसेम्बर २४ तारिख आइतबार मार्गशीर्ष शुक्ल पक्षको त्रयोदशी तिथि कृतिका नक्षत्र सिद्धि योग ४ः१९ पर साध्य योग कौलव करणआनन्दादिमा धूम्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५३ मा भयो र सूर्यास्त साँझ १७ः१३ मा हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – स्वास्थ्यमा मौसमी समस्याको प्रभाव पर्न सक्छ, सावधान रहनुहोला । साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ, तर खर्च लागे पनि कामको प्रयत्न सफल होला । परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने तथा सम्पत्ति आर्जन हुने योग छ । सामाजिक प्रतिष्ठा र मानसम्मान पाइएला । आत्मीय साथीभाइको साथ प्राप्त हुनेछ ।

वृष – बुद्धिको उपयोगले काम लिने समय छ । विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । आरोग्यता रहनेछ । आफन्तजन सहयोगी हुनेछन् । परिवारिक सुख बढ्नेछ ।

मिथुन – भाग्य बलियो रहनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण होला । व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ ।

कर्कट – रोकिएको काम बन्नाले उत्साह जाग्ने समय छ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ तर शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आफ्नै बल विवेकले आयबल बढ्नेछ ।

सिंह – मिश्रित फलदायी समय छ । अस्वस्थताका बीच कामको बोझ बढ्ला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पार्टी वा पिकनिक समारोहमा सहभागी हुने योग छ । कर्मयोगमा अभिवृद्धि होला । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । आरोग्यताका साथै रसरागमा आकर्षण बढ्नेछ । विजयश्री प्राप्त होला ।

कन्या – प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला । रचनात्मक काम गरेर अवस्थामा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनु हितकर होला । एक्लोपनाको अनुभूति हुन सक्छ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्, सावधान रहनुहोला । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला – दीर्घकालीन काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । आस मारेको काम बन्नाले उत्साह बढ्ला । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । तथापि, पारिवारिक समस्याहरू देखा पर्न सक्छ, ध्यान राख्नुहोला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाको भ्रमणका बीच मानसम्मान पनि प्राप्त होला । स्वास्थ्यप्रति ध्यान राख्नुहोला । रसरागमा रुचि बढ्नेछ । समयले साथ दिनेछ ।

धनु – तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य होला । स्वास्थ्यमा सुधार आउला । यात्रामा सफलता हात पर्नेछ ।

मकर – रोकिएका काम सुरु हुनेछन् तर मानसम्मानमा चोट पुग्न सक्ने समय छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । बोली-व्यवहारमा सजग रहनुहोला । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिएला । सन्तानबाट सुख मिल्ने योग छ । आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कुम्भ – आँटेका काम बन्नाले जोश-जाँगर बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । ठूलो लगानीबाट कममात्र फाइदा हुने योग छ, तथापि साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । अनुकूलता बढ्नेछ । सन्तानसुख रहनेछ ।

मीन – सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् । तर, परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार होला । ऋण रोग र शत्रु माथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।