‘नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना’

‘नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना’


इच्छाकामनामा शुरु भयो सुन्तला महोत्सव

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना रहेको जानकारी दिँदै भने, ‘बिक्रीको चिन्ता नगर्नुहोस्, हामीले चीनसँग सम्झौता गरेका छौँ, यो वर्ष निर्यात गर्न नसकिएला, अर्को सिजनमा पठाउन सक्छौँ ।’

महोत्सवको अवसरमा सुन्तला खाने प्रतियोगिता, बोटमै पाहुनाले आफैं टिप्न पाउने, सुन्तला किसानलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादीसम्बन्धी तालिम दिने काम पनि हुने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । किसनालाई सुन्तलाखेतीमा लाग्न प्रोत्साहन गर्न तथा बजारीकरणमा सहयोग पुऱ्याउन सुन्तला महोत्सव अयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।

गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत समेटेर माझगाउँमा सुन्तला महोत्सव भएको हो । महोत्सव यही पुस १८ गतेसम्म जारी रहने बताइएको छ ।

  • तस्बिर : रासस