कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला


कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला आइतबार नियुक्त भएका छन् ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिमा प्रदेश प्रम्ख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता निय्क्त गरेका हुन् । उनलाई आइतबार दिउँसो उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताए ।

मोरङको विराटनगर महानगर पालिकाका अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत हरेका छन् ।