आजको पञ्चाङ्ग एवम् राशिफल (२३ पुष २०८० सोमबार, ८ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ पुष २०८० सोमबार, ८ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष २३ गते इ.सं. २०२४ जनवरी ८ तारिख सोमबार पौष कृष्ण पक्षको द्वादशी तिथि अनुराधा नक्षत्र गण्ड योग कौलव करण आनन्दादिमा मानस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः२३ मा हुनेछ । अरनिको स्मृति दिवस ।

आजको राशिफल

मेष – आजको दिन सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै भागबन्डाको समय छ । विश्वासपात्रले धोका दिनेछन् । व्यवसाय र कृषितर्फ भने लगनशीलताले ठूलो काम बन्न सक्छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ । मातापिताका बारेमा चिन्ता बढ्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला ।

वृष – प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । सोचेभन्दा बढी नै लाभ होला । साझेदारी काममा विशेष फलिफाप मिल्नेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । रचनात्मकता र आरोग्यता बढ्नेछ । आफन्तजनको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन – विगतको कामबाट लाभ भएपनि आज तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ । आम्दानी भने बढ्नेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन रमाइलो रहला । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । ख्याति फैलिनेछ ।

कर्कट – आजको दिन बोलीको गलत अर्थ लाग्नाले विवादमा पर्ने सम्भावना छ, सचेत रहनु हितकर हुनेछ । गरिएका कामको उचित प्रतिफल पाइने समय भएपनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन नसकिएला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । आरोग्यता बढ्नेछ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह – आजको दिन बाध्यतापूर्ण काममै समय बित्न सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नजिकका साथीभाइ टाढिन सक्छन् । तथापि, प्रतिकुलताका बाबजुद आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुने योग छ । अनावश्यक खर्च बढ्ने देखिन्छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

कन्या – पराक्रम वृद्धि हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । व्यापारमा पनि राम्रै फाइदा होला । मातापिताको सहयोग प्राप्त हुने योग छ । अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – प्रतिष्ठा कमाउने कामको अवसर आउला । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । तपाईंकोे प्रतिभा अरूले चिन्ने मौका पाउलान् । गुरुजनको विशेष सहयोग जुट्नेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – आजको दिन बोलीमा विशेष संयमता अपनाउनु हितकर होला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्न सक्छ, बाधा छिचोल्ने प्रयत्न गर्नु हितकर होला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । रसरागमा रुचि रहला ।

धनु – बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । धन आर्जन गर्ने मौका मिल्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ, सचेत रहनुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । लगानी बढ्नेछ । यात्रामा सफलता हात पर्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर – व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । पारिवारिक आवश्यकता पूर्ति होला, श्रमको उचित मूल्यांकन हुनेछ । आज शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख पाइने योग छ, सचेत रहनुहोला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् । सामर्थ्य भने विकसित हुनेछ ।

कुम्भ – सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्न सक्छ । पठनपाठनमा त्यति समय दिन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने समय छ । तथापि, कर्मबल भने बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

मीन – सोच्दै नसोचेको काम सम्पादन हुनसक्छ, तर काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले मात्र बन्नेछन् । खर्च बढ्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।