आजको पञ्चाङ्ग एवम् राशिफल (२५ पुष २०८० बुधबार, १० जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ पुष २०८० बुधबार, १० जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष २५ गते इ.सं. २०२४ जनवरी १० तारिख बुधबार पौष कृष्ण पक्षको चतुर्दशी तिथि मूल नक्षत्र ध्रुव योग भद्रा करण ३ः४ पर किंस्तुघ्न करण आनन्दादिमा ध्वज योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२५ मा हुनेछ ।

आजको राशिफल

मेष – दिन शुभदायी छ । भाग्योदय हुनेछ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ भने मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । आँटेको काम पूर्ण हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्ने योग छ । धर्मकर्ममा आकर्षण बढ्ला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । मनोरन्जनका साथ दिन बित्नेछ ।

वृष – आजको दिन आम्दानीका स्रोतहरू बढ्नाले मन प्रशन्न रहला । प्रेमसम्बन्धमा विश्वासको मात्रा बढ्ने समय छ । मित्रजन एवम् दाजुभाइको सहयोग पनि प्राप्त हुने देखिन्छ । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता बढ्नेछ । आफन्तजनको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन – अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिने समय छ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि प्रगति होला । धन कमाउने अवसर जुट्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । स्वास्थ्य भने सामान्य कमजोर रहन सक्छ, ध्यान राख्नुहोला । यशवर्चश्व वृद्धि हुनेछ ।

कर्कट – मिश्रित फल दिने प्रकारको दिन छ । सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ भने स्वास्थ्यगत कार्यमा खर्च बढ्ने योग छ । आज वादविवादको अवस्थाबाट बच्ने प्रयास गर्नु हितकर हुनेछ । नयाँ कार्य थालनी गर्ने अवसर मिल्न सक्छ । कार्यसफलताको लागि आफ्नै बल विवेकमार्फत जोडबल लगाउनुपर्ला ।

सिंह – पारिवारिक सद्भावले कार्यमा सफलता मिल्ने समय छ । जागिरमा प्रशंसा र पदोन्नतिको योग छ भने अध्ययन–अध्यापन कार्य फलदायी रहनेछ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला । सुख वृद्धि हुनेछ । विजयश्री प्राप्त होला ।

कन्या – बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । आफन्तसँगको भेटले हर्ष बढ्ला । सन्तानको सहयोग मिल्नेछ । याात्रामा मन रमाउनेछ भने दाम्पत्य जीवन सुखमय रहला । व्यस्तता वृद्धि हुनेछ । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला – व्यापार-व्यवसायमा उन्नति हुनेछ, रोकिएका काम बन्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ । लेखन कार्यमा मन जाला । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन्, हौसला मिल्नेछ । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

वृश्चिक – मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउन सक्छ । विश्वासपात्रबाट धोका मिल्ने योग भएकोले सतर्कताका साथ कर्म गर्नु हितकर हुनेछ । खर्च वृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । अन्ततः समयले साथ दिनेछ ।

धनु – काममा कठिनाइ देखिए पनि आाजको दिन खुशीसाथ नै बित्नेछ । घर–जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ । साहसिक र कठिन काममा सक्रियता बढ्नेछ । आरोग्यता वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । सफलताले कदम चुम्ने समय छ ।

मकर – अध्ययनका लागि अनुकुल समय छ । ब्यापार व्यवसाय पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहला । प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययन–अध्यापनको पक्षमा पनि राम्रै प्रगति हुने देखिन्छ । आरोग्यता रहला । मिठो भोजन प्राप्त हुनेछ । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – प्रियजनसँग भेटघाट र प्रशन्नताको समय छ । कामबाट विश्राम लिने मौका मिल्ला । तर, दैनिक कार्यमा ढिलासुस्ती वा ब्यवधान बेहोर्नुपर्नेछ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्न सक्छ । आयबल बढ्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

मीन – कर्मबल बढ्नेछ तर सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । लगानीको उचित प्रतिफल मिल्ने समय छ । समाजमा कुरा काट्नेहरू बढ्नेछन्, सचेत रहनुहोला । दैनिक कार्यमा केही समस्याहरू देखिएलान् । खर्चिलो यात्रा गर्नुपर्ने योग छ । साथीभाइको सहयोग रहनेछ । सन्तानसुख प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ ।