गरिमा क्यापिटलको आठौं वार्षिक साधारणसभा सम्पन्न

गरिमा क्यापिटलको आठौं वार्षिक साधारणसभा सम्पन्न


गरिमा क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्ताव पारित गरिएको जनाइएको छ ।

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दीपक पाण्डेयको अध्यक्षतामा सम्पन्न साधारणसभामा आव २०७९/८० को वार्षिक प्रतिवेदनउपर सहभागी शेयरधनीले राखेका जिज्ञासाको अध्यक्ष पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारे ।

गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खातासम्बन्धी सेवा प्रवाह गर्दै आएको छ । निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिइ गरिमा म्युचुअल फण्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजना क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढ्ने जानकारीसमेत गराएको छ ।

गरिमा क्यापिटलका सम्पूर्ण सेवा ग्राहकसमक्ष पुर्‍याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवा अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नवीनतम प्रविधिको प्रयोग गर्दै अगाडि बढ्ने प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिए ।