१० किलोमिटर प्रतिघण्टा इन्धन खपत गर्ने सवारीले १ मिनटमा १६ दशमलव ६७ मिलिलिटर अर्थात तीन मिनटमा ५० मिलिलिटर तेल खर्च गर्छ । ४० किमि प्रतिघण्टा चल्ने मोटर साइकलले १२ दशमवल ४५ मिलिलिटर लिटर इन्धन खपत गर्छ । साना-ठूला सवारीले ३ मिनटमा खपत गर्ने इन्धनको औषत निकाल्दा ३१ दशमलव २५ मिलिलिटर प्रतिजाम वा प्रति रातो बत्तिमा इन्धन खर्च भइरहेको छ ।
✍ डा. रणबहादुर चन्द
राजधानी उपत्यकालगायत काठमाडौं प्रवेश गर्ने र नगर्ने सबैलाई वायु प्रदुषणले असर गरेको छ । देशका अन्य क्षेत्रमा पनि यस प्रकारको प्रदुषण भइरहेको छ । तर, राजधानीमा प्रदुषण धेरै बढी छ । यहाँ उपत्यकामा हुने प्रदुषणको केही चर्चा गरौँ ।
राजधानीमा दैनिक १४ लाख सवारीसाधन गुड्छन् भने यहाँ २ हजार ८३ किलोमिटरमात्र सडक छ । एक किलोमिटरमा ६ सय ७२ सवारीसाधन गुड्नुपर्छ । त्यसैले यहाँको सवारी जामले दिनदिनै भयावह रुप लिँदैछ ।
उपत्यकामा सानाठूला ट्रफिक जाम हुने औषतमा ७५ वटा चोक रहेका छन् । दिनको समयमा बढी जाम हुने समय बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्मको १२ घण्टाको समय लाई लिउँ । सवारी जामहुँदा औषत रूपमा दुई पाङग्रे र चार पाङ्ग्रे समेत एकातर्फ ५० वटा र अर्कोतर्फ ५० समेत एक सय वटा सवारी जाममा बस्नुपर्ने हुन्छ । कति समय जाममा बस्नुपर्ने हुन्छ, सोको पनि औषत रूपमा लिने हो भने ७५ वटा चोकहरूमा कही कम र कही बढी दुवैको औषत ३ मिनटको हिसाबलेसमय लिँदा हरेक घण्टामा प्रत्येक चोकमा २ हजार सवारीहरू रोकिन्छन् ।
यसलाई समयमा गणना गर्दा प्रत्येक चोकमा २ हजार सवारी र ३ मिनेट रोकिँदा ६ हजार मिनेट जाममा समय खर्चिनुपर्छ । ७५ वटा चोकमा एक घण्टामा ७५ हजारले ६ हजार मिनेटबराबर ४ लाख ५० हजार मिनेट समय खर्च भइरहेको छ । अब गणना गरौँ १२ घण्टामा ७५ वटा चोकमा खर्च हुने समय ४ लाख ५० हजारलाई १२ घण्टाले गुणन गर्दा ५४ लाख मिनेट हुन आयो ।
अब हामी जाममा बस्दाको ५४ लाख मिनेटमा सडकमा गुड्ने सबै प्रकारका सवारी साधनहरूमा कति इन्धन खर्च गरिरहेका हुन्छौँ त ? १० किलोमिटर प्रतिघण्टा इन्धन खपत गर्ने सवारीले १ मिनटमा १६ दशमलव ६७ मिलिलिटर अर्थात तीन मिनटमा ५० मिलिलिटर तेल खर्च गर्छ । अब ४० किमि प्रतिघण्टा चल्ने मोटर साइकलले १२ दशमवल ४५ मिलिलिटर लिटर इन्धन खपत गर्छ । साना–ठूला सवारीले ३ मिनटमा खपत गर्ने इन्धनको औषत निकाल्दा ३१ दशमलव २५ मिलिलिटर प्रतिजाम वा प्रति रातो बत्तिमा इन्धन खर्च भइरहेको छ ।
७५ वटा चोकमा ५४ लाख मिनेट जाम हुने तथ्याङ्क आएपछि ३ मिनटको औषतले भाग गर्दा ५६ लाख २५ हजार मिलिलिटर हुन्छ र यसलाई लिटरमा रुपान्तरण गर्दा ५६ हजार २ सय ५० लिटर प्रतिदिन जाममा इन्धन खर्च भइरहेको छ । अब एक वर्षमा २ करोड ५ लाख ३१ हजार २ सय ५० लिटर प्रतिवर्ष इन्धन धुँवामा उडिरहेको छ । यसको हालको बजार मूल्यमा गणना गर्दा प्रति लिटर १ सय ६६ रुपैयाँका दरले ३ अर्ब ४० करोड ८१ लाख ८७ हजार रुपैयाँ हुन आउँछ ।
यसबाट हुने प्रदुषण कम गर्न प्रत्येक सवारी चालकले जाम भएको ठाउँमा आफ्नो सवारी बन्द गर्ने र हरियो बत्ति बलेपछिमात्र पुनः स्टार्ट गरेर जाँदा पनि राम्रै हुन्छ । र, यसले प्रदुषण कम गर्न, इन्धन बचाउन पनि सहयोग पुग्ने भएकोले त्यसतर्फ हामी सबैको ध्यान जानु उचित हुन्छ । र, यो सवारी चलाउने सबै नागरिकको दायित्व पनि हो ।
प्रतिक्रिया