हत्यामा संलग्न महिला २० वर्षपछि पक्राउ

हत्यामा संलग्न महिला २० वर्षपछि पक्राउ


दुई जनाको हत्या गरेर फरार रहेकी एक महिलालाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको साविक सिद्धकाली-२ कि कैली तामाङसमेतले २०६० फागुन १० गते बेलुका हराएको पाइप लिन गएका सोही स्थानमा बस्ने मंगल लिम्बू र योगेन्द्र दाहाललाई लाठी-मुङ्ग्री, ढुङ्गा, खुकुरीले आक्रमण गरी हत्या गरेर स्थानीय वडा २ कै बतासे भिरबाट फ्याँकेर फरार भएकी थिइन् ।

इलाका प्रहरी चैनपुर र ईलाका प्रहरी कार्यालय केराबारी, मोरङको समन्वय तथा सहयोगमा हिजो मोरङको केराबारी गाउँपालिका-१० बाट २० वर्ष कैद फैसला भएकी तामाङलाई पक्राउ गरेको हो ।

तामाङलाई संखुवासभा जिल्ला अदालतले २०६६ फागुन १२ गते २० वर्ष कैद हुने फैसला सुनाएको थियो । तामाङलाई खाँदबारी कारागार पठाएको प्रहरीले जनाएको छ ।