काठमाडौंको बल्खु क्षेत्रमा यात्रुलाई दुःख दिनेहरु पक्राउ

काठमाडौंको बल्खु क्षेत्रमा यात्रुलाई दुःख दिनेहरु पक्राउ


काठमाडौंको बल्खु क्षेत्रमा लामो समयदेखि सर्वसाधारण तथा यात्रुलाई जबर्जस्ती गाडीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनावश्यक रुपमा दुःख र हैरानी दिएको भन्ने पैदलयात्रीको गुनासोका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एस्पी रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुमन लामा, बाराका अजयराम महरा र कलाम हवारी, पर्साका तीर्थ मल्लिक, उदयपुरका बस्नेत कार्की र सर्लाहीका सिकिन्दर महतो रहेका छन् । यस्तै, काभ्रेपलाञ्चोकका अर्जुन लामा, सुरेन्द्र तामाङ र साजन मगर, मकवानपुरका महेश राई, चितवनका रामकृष्ण गिरी, कीर्तिपुरका सन्तोष स्याङ्तानलगायत छन् ।