आजको पञ्चाङ्ग एवम् राशिफल (१४ माघ २०८० आइतबार, २८ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ माघ २०८० आइतबार, २८ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री शाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ १४ गते इ.सं. २०२४ जनवरी २८ तारिख आइतबार माघकृष्ण पक्षको तृतीया तिथि मघा नक्षत्र सौभाग्य योग ३ः३४ पर शोभन योग वणि करण आनन्दादिमा मुद्गर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा भयो र सूर्यास्त साँझ १७ः३९ मा हुनेछ ।

आजको राशिफल

मेष – विछोडिएका परिवारजनसँग भेटघाट हुने र विगतका कमी-कमजोरीलाई पनि सुधार गर्ने अवसर जुर्ला । कुनै कार्यको परिणाम कुरिरहनुभएको छ भने आज सकारात्मक नतिजा आउने योग छ । तथापि, हठ गर्ने बानीले दुःख पाइनेछ भने जागिरमा भएकाले विशेष सावधानी अपनाउनुपर्ने समय छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्य सफल हुनेछ ।

वृष – व्यस्तता वृद्धि हुनेछ । केही खर्च लागे पनि सोचेको काम बन्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ भने व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन, सहयोगीजनले राम्रै साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्न सकिनेछ । मान महत्व वृद्धि हुनुका साथै परिवारिक सुख बढ्नेछ ।

मिथुन – दिगो फाइदा हुने काम सुरु हुन सक्छ । तपाईंको मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ । तथापि, अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग रहेकोले विशेष सावधानीका साथ कार्य गर्नुहोला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने देखिएपनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । यशवर्चश्व वृद्धि हुनेछ भने मान–महत्व बढ्नेछ ।

कर्कट – सरसापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आजको दिन आश्वासन बाँड्नेहरूको भर नपर्नु हितकर होला । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउला । आफ्नै बल–विवेकको उपयोगले काम बन्न सक्छ ।

सिंह – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । समयलाई पछ्याउने विशेष प्रयत्न गर्नुहोला । भौतिक साधनले भने धोका दिन सक्ने योग छ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ भने सुख वृद्धि हुनेछ ।

कन्या – परिस्थिति अलिक प्रतिकूल जस्तो लागे पनि सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ भने रोकिएका काम सम्पादन हुनेछन् । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने समय छ । बिछोडिएका आफन्तसँग भेटघाट होला । भ्रमण कार्यमा खर्च बढ्न सक्छ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । टाढाको यात्रा गर्ने मौका जुर्न सक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । तथापि, परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने देखिन्छ । दैनिक कामकाजमा सफलता नै मिल्ला । आयबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

वृश्चिक – टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । आजको दिन सवारीसाधनको प्रयोगमा भने विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । सामान्य खर्च वृद्धि हुने सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । अन्ततः समयले साथ दिनेछ ।

धनु – सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । पढाइलेखाइमा समय दिन नसकिएला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्न सक्ने योग रहेकोले विशेष सचेतनाको दरकार छ । प्रतिस्पर्धी परास्त होलान् । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सफल रहला ।

मकर – प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । पठन–पाठनमा पनि प्रगति होला । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्न सक्छ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । दौडधुप वृद्धि हुन सक्छ, तर रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि सोचविचार पुऱ्याउनु हितकर हुनेछ । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै महत्वाकांक्षी योजना फलीभूत हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

मीन – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । स्वास्थ्य पनि सामान्उरूपले कमजोर नै रहला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । तथापि, काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदा नै हुनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । भ्रमण कार्यमा आकर्षण बढ्नेछ । सन्तानसुख प्राप्त हुनेछ ।