‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग’को म्याद सकिएपछि अब मिटर ब्याजसम्बन्धी बाँकी रहेका मुद्धा हेर्ने जिम्मा प्रहरीले पाएको छ ।
गृह मन्त्रालयले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी संकलन तथा फछ्र्योेटका लागि कार्यसम्पादन कार्यविधि’ जारी गरेको छ । यो कार्यविधिमा ‘प्रहरीले नयाँ उजुरी पनि लिने र उजुरी दिन छुटेको मिटरब्याज पीडितहरुले उजुरी दिन चाहेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ बमोजिम जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन सक्ने’ उल्लेख छ ।
मिटरब्याजका उजुरीहरुमा प्रहरीले मेलमिलाप गराउँदै मेलमिलाप हुन नसकेमा प्रमाण संकलन गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने छ ।
देशका २९ जिल्लासमेत ३९ जिल्लामा अब मिटरब्याज कारोबारीको समस्या छैन । मिटर ब्याज छानविन आयोगको कार्यअवधि पूरा भएपछि बाँकी रहेका मुद्धा हेर्ने जिम्मा प्रहरीले पाएको हो । आयोगले पीडितका २ सय १८ विघा, १० कट्टा, ७ धुर जग्गा ९ हजार ७ सय ९३ कित्ता साहुबाट पीडितलाई फिर्ता गराएको छ ।
प्रतिक्रिया