राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजाल सेटिङ मिलाउँदै कारवाहीबाट बचिरहेको वीर अस्पतालमा कार्यरत कर्मचारीहरुले बताएका छन् । शक्तिकेन्द्रहरूलाई प्रभावित पारेका कारण उनी ठूलो रकम भ्रष्टचार गरेर पनि कारवाहीको दायरामा आउन सकेका छैनन् ।
डा. रिजालविरुद्ध प्रधानमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सचिवसमेतमा उजुरी परिसकेको छ । पैसा लिएर कर्मचारी भर्ना, मिलेमतोमा कोटेशनमा महँगोमा सामान खरिद, सेन्टरमा आएका बिरामीलाई आफ्नो अस्पतालमा लैजानेसमेत दर्जनौँ उजरी उनीविरुद्ध परेको छ ।
उनले लाखौँ रुपैयाँ पर्ने अपरेशनका सामान ट्रमा फार्मेसीमा नराखी व्यापारीलाई बोलाएर उनीहरूसँग कमिसन लिने गरेका, दुवाकोट विस्तारमा भाँजो हालेको जस्ता उजुरी ती निकायमा परेका हुन् । अख्तियार, प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालयबाट कारवाही गर्न पत्र आइसकेका छन् ।
उनीविरुद्ध वीर र ट्रमा सेन्टरमा रहेका कर्मचारीहरुका संघ र संगठनले आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ नभएको एक युनियनका सदस्यले घटना र विचारलाई बताए ।
प्रतिक्रिया