बाँसबारी छाला जुत्ता उद्योगको जमिन हडपेको मामलामा अरुण चौधरी पक्राउ

बाँसबारी छाला जुत्ता उद्योगको जमिन हडपेको मामलामा अरुण चौधरी पक्राउ


व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । विनोद चौधरीका भाइ अरुणलाई बाँसबारी छाला जुत्ता उद्योगको जग्गा अवैध तवरले हडपेर निजी तुल्याएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनलाई प्रहरीले निवासबाटै पक्राउ गरेको हो ।

कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको छ । यो विषयमा छानविन गर्न उनलाई पक्राउ गरेको श्रोतको भनाइ छ ।

२०२२ सालमा चीन सरकारको सहयोगमा बनेको यो कारखाना घाटामा गएको भन्दै तत्कालीन सरकारले २०५० सालमा निजीकरण गरिएको हो । यो कारखाना भएको जग्गा चौधरी दम्पतिको नाममा रहेको छ ।