विमानस्थल सुरक्षा प्रमुख डिआइजी चन्दद्वारा आकस्मिक राजीनामा !

विमानस्थल सुरक्षा प्रमुख डिआइजी चन्दद्वारा आकस्मिक राजीनामा !


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् ।

सुरक्षा प्रमुख चन्दले एकाएक राजीनामा दिएपछि निकै चासोको विषय बनेको छ ।

आफूले व्यक्तिगत कारणले आफूले राजीनामा दिएको उल्लेख गर्दै प्रहरी नायब महानिरीक्षक चन्दले भनेका छन्, ‘मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।’

चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।