आजको पञ्चाङ्ग एवम् राशिफल (२१ माघ २०८० आइतबार, ४ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ माघ २०८० आइतबार, ४ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० माघ २१ गते तद्अनुसार सन् २०२४ फरवरी ४ तारिख आइतबार माघकृष्णपक्ष नवमी तिथि अनुराधा नक्षत्र वृद्धि योग वणि करण आनन्दादिमा मृत्यु योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मा भयो र सूर्यास्त साँझ १७ः४५ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन अलिक चुनौतीयुक्त रहला । दुर्भावनायुक्त व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइने सम्भावना छ । परिवारजनमा असन्तुष्टि बढ्ला । स्वास्थ्य भने सबल रहनेछ । विभिन्न अवसरले पछ्याउन सक्छन्, तर समयको पदचाप बुझेर कर्म गर्ने प्रयत्न गर्नुपर्नेछ । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ । धनलाभ होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

वृष – रोकिएका काम बनी नयाँ काम सुरु हुने समय छ । तर समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान-सम्मानमा चोट पुग्ने सम्भावना छ, विशेष सचेत रहनुहोला । आजको दिन व्यापारमा फाइदा नै हुनेछ । शत्रु परास्त हुनेछन् । दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मिथुन – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने समय छ । राजनीतिक पहुँच वृद्धि हुनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । धार्मिक काममा बाधा र भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सजग रही बोली र व्यवहार गर्नुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुने समय छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – समय शुभदायी छ । उच्चस्तरकै मानसम्मानको योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन होला । काममा आफन्तको सहयोग जुट्न सक्छ । स्वास्थ्यमा सामान्य समस्या रहन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्ने सम्भावना रहेकोले सजगता अपनाउनुहोला । रसरागमा आकर्षण रहला । खेलकुद तथा भ्रमण कार्यमा रुचि बढ्नेछ ।

सिंह – व्यस्तता बढ्नेछ । सुखद समाचारले काममा उत्साह जगाउने दिन छ । परिवारजनको सहयोग सहयोग रहला । प्रतिस्पर्धीहरूलाई पछि पर्नेछन् । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुने समय छ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख रहनेछ ।

कन्या – प्रेम र मित्रताको बन्धन कसिने समय छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई उपलब्धिको दिन सावित होला । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । टाढाको यात्राबाट धनलाभ हुनसक्छ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आँटेको विशेष कार्य वा महत्वपूर्ण योजनामा ढिलासुस्ती हुन सक्छ । सामान्य अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । सरकारी निकायबाट कडिकडाउको सिकार भइने योग रहेकोले सावधान रहनुहोला । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । आरोग्यता वृद्धि हुनेछ । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ तर जीवनसाथीलाई केही पीडा हुने योग छ । मान महत्व बढ्नेछ । रोकिएको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । ब्यापारबाट राम्रै धनलाभ हुनुका साथै भौतिक साधनहरू जुट्लान् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा होला । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुर्ला । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुनसक्ने योग छ । आर्थिक समस्या समाधान हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

मकर – आजको दिन विभिन्न अवसरले पछ्याउलान् । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । फलदायी यात्राको सम्भावना पनि रहेको छ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट केही समयलाई मुक्ति मिल्नेछ । घर–जग्गा तथा बन्धुबान्धवसँग भने केही असमझदारी बढ्ने योग छ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – कर्मबल बढ्नेछ । प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता वा सान्निध्यता बढ्ने समय छ । तर प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यसम्बन्धी पुरानो समस्याले पुनः दुःख दिन सक्छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक कार्य सार्थक रहनेछ ।

मीन – पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ तर आर्थिक समस्या समाधान हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्छ । सवारीसाधन वा हातहतियारको प्रयोग गर्दा आजको दिन विशेष सजगता अपनाउनु हितकर हुनेछ । आफन्तको साथ मिल्नेछ । वार्ता सफल रहनेछ । समस्याको समाधान मिल्नेछ ।