६ महिनामा उठ्यो ५ करोड २३ लाख राजश्व

६ महिनामा उठ्यो ५ करोड २३ लाख राजश्व


विद्युत प्राधिकरणको महोत्तरीमा रहेको गौशाला वितरण केन्द्रले विद्युत महसूल नर्तिने ग्राहकको लाइन काटेर, नयाँ लाइन जडान गरेर र बिजुली चोरी गर्नेहरुलाई आर्थिक कारवाही गरेर ६ महिनामा ५ करोड २३ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

विद्युत् चोरी जरिवाना, पुनः लाइन जडान र नयाँ ग्राहकबाट सो रकम संकलन भएको वितरण केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षको छ महिनामा २ सय ९७ विद्युत् चुहावट फेला परेका छन् । विद्युत चोरी गर्ने उपभोक्तालाई जरीवाना असुल्दै कारवाही पनि गरिएको छ । यसरी गरिएको कारवाहीबाट २७ लाख ८४ हजार रुपैयाँ राजश्व संकलन भएको वितरण केन्द्रका कार्यालय प्रमुख जगन्नाथ झाले बताए ।

विद्युत प्रयोग गरेर महसूल नबुझाउने ४ सय ८८ ग्राहकका लाइन काटिएको र महसूल र जरीवाना बुझाएर पुनः लाइन जोड्दा ३ करोड ८१ लाख रुपैयाँ राजश्व संकलन भएको हो । यस्तै ४ सय २४ नयाँ ग्राहकलाई लाइन वितरण गर्र्दा १ करोड १४ लाख रुपैयाँ संकलन भएको वितरण केन्द्र जनाउँछ ।