बाँसबारी जग्गाका अभियुक्त चौधरीसहित तीन जनालाई दुई दिन म्याद थप

बाँसबारी जग्गाका अभियुक्त चौधरीसहित तीन जनालाई दुई दिन म्याद थप


दुई दिनमा अनुसन्धान पूरा नभए जमानीमा रिहा गर्न आदेश !

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका विनोद चौधरीका भाइ अरुण चौधरीसहित तीन जनालाई जिल्ला अदालत काठमाडौंले थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनीहरु तीनैजनालाई थप दुई दिन हिरासतमा राख्न सोमबार अनुमति दिएको उक्त अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिएका छन् ।

बाँसबारीको १० रोपनी जग्गा हिनामिना गरेको अभियोग लागेका व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सीका सञ्जय ठाकुरलाई थप दुई दिन हिरातमा राख्न अनुमति दिइएको उनको भनाइ छ ।

उक्त जग्गा प्रकरणमा सिआईबीले उनीहरुलाई यही माघ १८ गते पक्राउ गरेको हो थियो ।

जिल्ला अदालत सुत्रका अनुसार थपिएको दुई दिन अर्थात् आगामी बुधबारभित्र सिआईबीले अनुसन्धान कार्य सम्पन्न गर्नुपर्ने, अन्यथा जमानतमा रिहाइ गर्नुपर्ने अदालतको आदेश छ ।