आजको पञ्चाङ्ग एवम् राशिफल (२५ माघ २०८०) बिहीबार, ८ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ माघ २०८०) बिहीबार, ८ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं.११४४पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० माघ २५ गते तद्अनुसार सन् २०२४ फरवरी ८ तारिख बिहीबार माघकृष्णपक्ष त्रयोदशी तिथि उत्तराषाढ़ा नक्षत्र सिद्ध योग भद्रा करण आनन्दादिमा सौम्य योग चन्द्रमा धनु राशिमा ८ः३२ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४९ मा भयो र सूर्यास्त साँझ १७ः४८ बजे हुनेछ । लैचह्रेपूजा ।

आजको राशिफल

मेष – श्रमको उचित मूल्य नमिल्ने या सोचेभन्दा कमै फाइदा मिल्ने दिन छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । तर मिठो भोजन प्राप्त हुनेछ भने यात्रामा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । उत्तरार्धदेखि शुभता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – दौडधुप बढेपनि आजको दिन मंगलमय कृत्य सम्पादन हुन सक्छन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिने समय छ । तर अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहने योग छ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति रहला ।

कन्या – प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । उत्तरार्धदेखि शुभता बढ्नेछ । समस्याकको समाधान मिल्नेछ ।

तुला – सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काम फेरि प्रयत्न गरे सफलता मिल्नेछ । धन मान महत्व बढ्नेछन् । आरोग्यता वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – आजको दिन त्यति उत्साहवर्द्धक नरहला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ भने आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । मान र विद्या प्राप्त हुनयोग छ । पराक्रम र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा केही सफलता प्राप्त हुनेछ ।

धनु – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य सामान्य कमजोर रहला, जसका कारण जोश–जाँगरमा कमी आउनेछ । पठनपाठनमा पनि पछि परिएला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्य सामान्य कमजोर रहला । काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउँमा धन खर्च हुन सक्छ । रसरागको भाव भने बढ्नेछ ।

मकर – कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । तथापि, केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उपयुक्त समय छ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ – दिन शुभदायी छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने समय छ । यात्राको अवसर जुट्न सक्छ । आफन्तबाट टाढिनुपर्ला । पढाइलेखाइमा सामान्य प्रगति होला । सेवामूलक कामबाट धनलाभ हुने योग छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।