मालपोत कार्यालय डिल्लीबजार (काठमाडौं)ले तत्कालिक च्याम्पियन फुटवेयर प्रा.लि. तथा हाल चाँदवाग रेसिडेन्सी प्रालि बाँसबारीको नाममा २१ दिनभित्र उपस्थित हुन पत्र काटेको छ । मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न पत्र पठाएको र, आजका मितिले २१ दिनभित्र उपस्थित नभए कानुनबमोजिम नेपाल सरकारको नाममा जमिनको श्रेस्ता अध्यावधिक हुने सो पत्रमा उल्लेख गरिएको छ ।
मालपोत सुत्रका अनुसार काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष शान्ता खनालको रोहवरमा चाँदवागका सञ्चालक समितिको अध्यक्ष सन्जय ठाकुरलाई बिहीबार मालपोत कार्यालयले म्यादसहितको पत्र बुझाएको हो ।
बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया