‘एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने’

‘एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने’


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषदमा विचाराधीन रहेको जानकारी दिएकी छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको बताइन् । उनले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने तर्क गरिन् । समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई दिन माग गरेका थिए ।

समितिको शुक्रबारको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भइ पारित भएको छ ।

file photo: rss