रवि लामिछानेको समेत नाम जोडिएर चर्चामा रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको रकम हिनामिना एवं ठगी गरेको अभियोगमा कास्की प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।
कास्की पोखरा महानगरपालिका वडा नं ४ नालाकोमुखमा कार्यालय रहेको सो सहकारीका एक सञ्चालक प्रमोद भट्टराईलाई पक्राउ गरी अनुसन्धान शुरु गरिउको हो ।
कास्की प्रहरीका अनुसार सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सुनसरी इनरुवा स्थायी ठेगाना भएका ३० वर्षीय भट्टराईलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय गरी काठमाडौंको गोकर्णेश्वर नपा ४ बाट बिहीबार पक्राउ गरिएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ।
प्रतिक्रिया