बुढाथोकीको निधनले अपूरणीय क्षति पुगेको सभापति देउवाको दुःखेसो

बुढाथोकीको निधनले अपूरणीय क्षति पुगेको सभापति देउवाको दुःखेसो


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बूढाथोकीको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको भन्दै पार्टीसभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

झापास्थित बुढाथोकी निवासमा आइतबार आयोजित दिवंगत बुढाथोकीको सातौँ श्रद्धाञ्जली सभामा सभापति देउवाले विकास निर्माण, सङ्गठन विस्तार, लोकतान्त्रिक आन्दोलन एवम् संविधान निर्माणमा उनले निर्वाह गरेको भूमिका सधैँ स्मरणीय रहने बताए ।

सभापति देउवासँगै अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, केन्द्रीय सदस्यहरु राजीव ढुङ्गाना, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाललगायतले बुढाथोकीको व्यक्तित्व, नेतृत्वका साथै पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहँदा गरेको कर्म तथा योगदानको स्मरण गरेका थिए ।