माओवादी केन्द्रको विधानमाथि सामूहिक छलफल जारी

माओवादी केन्द्रको विधानमाथि सामूहिक छलफल जारी


अपराह्न २ बजे निष्कर्ष पेस गरिने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

मुख्यसचिव ढकालका अनुसार बिहीबार अपराह्न १ बजेसम्म सामूहिक छलफल हुनेछ भने २ बजे प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकमा समूहका नेताले विधानमाथिको छलफलका निष्कर्ष पेस गर्नेछन् । एउटा समूहमा ५० देखि ५५ जना सदस्य छन् ।

photo: rss