बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज (३ फागुन) विशेष अदालतले फैसला सुनाउने तयारी गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला बुधबार नै सुनाउने तयारी गरिएपनि समय नपुगेपछि बिहीबार सुनाउने तयारी भएको हो ।
विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो ।
सुनुवाइ सकिएपछि बुधबार फैसला सुनाउने भनिए पनि तयार नभइसकेको हुनाले बिहीबारको लागि सारिएको हो ।
प्रतिक्रिया