अमेरिका लैजाने भन्दै बन्धक बनाइएका एघार भारतीय नागरिकको उद्धार

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका एघार भारतीय नागरिकको उद्धार


अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले उद्धार गरेको छ ।

परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गएराति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

‘हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ’, उनले भनेका छन् ।