दाङमा गोली प्रहारबाट एक महिलाको हत्या भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो ।
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी धनमाया थापालाई उनकै श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घाइते धनमायाको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । घटना बिहीबार साँझ करिब साढे ७ बजे भएको हो ।
गोली प्रहार गरेर भाग्दै गरेका यमबहादुरलाई लमही अर्जुन खोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । झाँक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको बताइएको छ ।
घरायासी समस्या रहेका कारण श्रीमतीमाथि श्रीमानले गोली चलाएको प्रहरीको भनाइ छ । गोली चलाएर पल्सर बाइकमा भाग्दै गरेको अवस्थामा झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिक्रिया