त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्राडा चित्रबहादुर बुढाथोकी, प्राडा केशरजङ्ग बराल र प्राडा टङ्कनाथ धमलामध्येबाट एक जनालाई नियुक्त गर्न सिफारिस गरिएको छ ।
आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूचीमा परी आइतबार अन्तर्वार्ताको कार्य सम्पन्न भएपछि सिफारिस समितिले तीन जनाको नाम चयन गरेको हो । त्रिभुवन विश्वविद्यालय ऐन, २०४८ को दफा १८ (२) बमोजिम उक्त तीनमध्येबाट प्रधानमन्त्री एवं कुलपति प्रचण्डले एकलाई नियुक्त गर्नेछन् ।
त्रिविका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे रहेको कमिटी गठन गरेका थिए ।
प्रतिक्रिया