करेन्ट लागेर कर्मचारीको मृत्यु

करेन्ट लागेर कर्मचारीको मृत्यु


उदयपुरको बेलका नगरपालिका-९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ ।

प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर बुधबार (२४ असार) मृत्यु भएको हो । उनी करार सेवाका कर्मचारी थिए ।

विद्युत्को पोल मर्मत गर्दा करेन्ट प्रवाह भएनभएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताएका छन् ।