माओवादी नेता पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा चार करोड बढी जरिवाना

माओवादी नेता पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा चार करोड बढी जरिवाना


सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल कम्युनिनष्ट पार्टी (माओवादी केन्द्र)का नेता गगन भनिने रेवतराज पुरीलाई विशेष अदालतले रु चार करोड तीन लाख ३४ हजार जरिवाना हुने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सजाय निर्धारण गरी नेता पुरी र निजकी श्रीमती सीमा भनिने केशावती पुरीलाई रु. चार करोड तीन लाख ३४ हजार आठ सय ९४ जरिवाना सुनाएको हो ।

अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएको सम्पत्तिबाट बिगोबराबरको सम्पत्ति जफत हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जनाएका छन् । प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीलाई अदालतले सफाइ दिएको छ भने कृष्णकुमारी पुरी र सङ्गीता पुरीको नामको जग्गा जफत नहुने फैसला गरेको छ ।

झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक-१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।